नारायणी नदीमा हाम फालेका वृद्धको यसरी गरियो उद्धार

नेपालभ्युज

नारायणी नदीमा हाम फालेका वृद्धको यसरी गरियो उद्धार

काठमाडौं । नारायणी नदीमा हाम फालेका एक वृद्धको सकुशल उद्धार गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हाम फालेका ७९ वर्षीय खिला शर्मालाई सशस्त्र प्रहरीले शुक्रबार उद्धार गरेको हो ।

शर्मा सोही महानगरपालिका–२ आँपटारीका बासिन्दा हुन् ।

नं. १७ गण चितवनबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आईआरटी)ले सकुशल उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved