एकीकृत समाजवादीको आचारसंहिता – पार्टीको निर्णयमा फरक धारणा राख्न नपाइने

नेपालभ्युज

एकीकृत समाजवादीको आचारसंहिता – पार्टीको निर्णयमा फरक धारणा राख्न नपाइने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता तथा कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रान्तिकारी सिद्धान्त अनुरूप बनाउन भन्दै आचारसंहिता बनाएको छ ।

शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले आचारसंहिता पेस गरेका हुन् ।

आचारसंहितामा “पार्टीको निर्णयमा आफ्नो फरक मत वा धारणा भएपनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन” उल्लेख छ ।

यस्तै, कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्ने पनि आचारसंहितमा उल्लेख छ ।

साथै, बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु नहुने, कुनै वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्न नहुने आचारसंहितामा उल्लेख छ ।

आचारसंहिता-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved