प्रकृति लम्साल मृत्यु प्रकरण : ओडिसाका मन्त्रीलाई परराष्ट्रमन्त्री राणाको फोन

नेपालभ्युज

प्रकृति लम्साल मृत्यु प्रकरण : ओडिसाका मन्त्रीलाई परराष्ट्रमन्त्री राणाको फोन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा ओडिसाका शिक्षामन्त्रीसँग फोनमा कुराकानी गरेकी छन् ।

मन्त्री डा. राणाले ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै नेपाली विद्यार्थीलाई सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरिन् ।

फोनवार्ताका क्रममा मन्त्री सुरजले उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराए ।

साथै, उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरुलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइएको जानकारी राणालाई गराएका थिए ।

त्यसैगरी मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुर्व्यहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा होस्टेलमा रहेर पठनपाठन गर्न सक्नेगरी सुरक्षाको प्रबन्ध गरिएको जानकारी पनि दिएका थिए ।

कुराकानीका क्रममा मन्त्री सुरजले भारत र नेपालको सम्बन्ध विशिष्ट खालको रहेको र यो सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताए ।

यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।

किट विश्वविद्यालय : सामन्तको कालो साम्राज्य, चार वर्षमा चार विद्यार्थीले गुमाए ज्यान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved