सुनको भाउ ११ सय रूपैयाँले बढ्यो

नेपालभ्युज

सुनको भाउ ११ सय रूपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले बढेको हो ।

सुन आज तोलाको १ लाख ७० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मङ्गलबार सुन तोलामा ७ सय रूपैयाँ र सोमबार १ हजार २०० रूपैयाँले बढेको थियो ।

यस्तै, चाँदीको मूल्य बुधबार पनि बढेको छ । चाँदी तोलामा १५ रूपैयाँले बढेर १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved