२००७ सालको क्रान्ति सफल भएको सम्झनामा प्रजातन्त्र दिवस मनाइँदै

नेपालभ्युज

२००७ सालको क्रान्ति सफल भएको सम्झनामा प्रजातन्त्र दिवस मनाइँदै
फाइल तस्वीर ।

काठमाडौं । आज (बुधबार) देशभर प्रजातन्त्र दिवस मनाइँदै छ ।

विसं २००७ को क्रान्ति सफल भएको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको हो ।

निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ ।

२००७ सालको क्रान्तिको नेतृत्व नेपाली काङ्ग्रेसले गरेको थियो । प्रजातन्त्र दिवसको अवसरमा आज सरकारी स्तरसँगै काङ्ग्रेसले पनि विभिन्न कार्यक्रम गर्दैछ ।

सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved