कोशी एक्सिलेन्स अवार्ड २०८१ को तयारी पुरा

नेपालभ्युज

कोशी एक्सिलेन्स अवार्ड २०८१ को तयारी पुरा

इटहरी ।  नयन एड्भरटाइजिङ मिडिया प्रालीद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर को तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिने कोशी एक्सिलेन्स अवार्ड २०८१ को तयारी पूरा भएको छ।

फागुन ७ गते बुधवार दिउँसो ३ बजे इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेल मा हुने कार्यक्रममा विभिन्न १३ विधामा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिने कम्पनीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए।

उनका अनुसार कृषि, बैङ्किङ, कर्पोरेट, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, खेलकुद, पर्यटन, युवा उद्यम, सामाजिक सेवा, सूचना प्रविधि, र स्टार्टअप विधामा उत्कृष्ट व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरिनेछ ।

पुरस्कृत हुने व्यक्तित्वहरूको छनोटका लागि गठित विशेष निर्णायक समितिले योग्यता र योगदानका आधारमा विजयी व्यक्तिहरू सिफारिस गरेको उनले बताए ।

‘पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रका सक्रिय भइरहेकाहरूलाई पनि यो कार्यक्रमले प्रोत्साहन मिल्नेछ,’ उनले भने, ‘कोशीका एक्सिलेन्स व्यक्तिको सम्मानका लागिसमेत यो कार्यक्रम आयोजना गरिएको हो ।’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथि  रहने सो कार्यक्रममा  राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, नेपालकी प्रथम महिला मुख्य सचिव लीलादेवी गड्तौला लगायतका व्यक्तिहरूको उपस्थित हुने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved