दीपकराज भन्छन् – सामाजिक सञ्जालमा गाली गर्नेलाई कारबाही गर्ने हो भने ५ हजार रोपनीमा जेल बनाउनुपर्छ

नेपालभ्युज

दीपकराज भन्छन् – सामाजिक सञ्जालमा गाली गर्नेलाई कारबाही गर्ने हो भने ५ हजार रोपनीमा जेल बनाउनुपर्छ

काठमाडौं । अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा गाली गर्नेलाई कारबाही गर्ने हो भने ५ हजार रोपनीको जेल बनाउनुपर्ने बताएका छन् ।

सरकारले संसद्‌मा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकतर्फ इङ्गित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, “सामाजिक सञ्जालमा गालि गर्ने लाइ कडा कारबाहि गर्ने कुरा उठिराख्या रहेछ, लौ त्यसो हो भने त सरकारले सबैभन्दा पहिला ५००० रोपनीमा एउटा ठूलो जेल बनाउनु पर्ने हुन्छ !”

उनले थप भने, “आजकल जताततै फ्रस्टेशन नै फ्रस्टेशन छ मान्छेलाइ ! टेन्सन नै टेन्सन छ अनि गालि नगरेर के गर्छ त ?”

मनमा केही हलुका र आनन्दित महसुस गर्न गाली गर्नु कसरी खराब भयो भनेर प्रश्नसमेत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved