केआईआईटीले नेपाली विद्यार्थीलाई फिर्ता बोलाउने भारतस्थित नेपाली दूतावासको भनाइ

नेपालभ्युज

केआईआईटीले नेपाली विद्यार्थीलाई फिर्ता बोलाउने भारतस्थित नेपाली दूतावासको भनाइ

काठमाडौं । भारतको ओडिसास्थित कलिगां इन्सिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी(केआईआईटी)मा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीबारे दिल्लीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेको छ ।

दूतावासले विकसित घटनाक्रमहरूका सम्बन्धमा उक्त शैक्षिक संस्थाका रजिस्ट्रारलगायतका प्रतिनिधिहरूसँग छलफल भएको जनाएको हो ।

दूतावासले विज्ञप्तिमार्फत केआईआईटी प्रशासन नेपाली विद्यार्थीलाई क्याम्पसमा  फिर्ता बोलाउन तयार भएको जनाएको छ । ‘यस राजदूतावासवाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा वस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,’ बिज्ञप्तिमा उल्लेख छ ।

यस बाहेक कलेजबाट निकालिएका विद्यार्थीलाई केही समस्या भएमा सम्पर्क गर्न भनेर दूतावासले इमेल र हटलाइन नम्बर समेत सार्वजनिक गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved