राष्ट्रिय सभा पाकाहरूको सदन हो, वृद्धाश्रम होइन : रघुजी पन्त

नेपालभ्युज

राष्ट्रिय सभा पाकाहरूको सदन हो, वृद्धाश्रम होइन : रघुजी पन्त

काठमाडौं । एमाले सांसद रघुजी पन्तले प्रतिनिधि सभाका सांसदले गरेको टिप्पणीप्रति खेद प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाले द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै पन्तले एउटा सदनको सदस्यले गरेको टिप्पणीमा अर्को सदनले खेद प्रकट गर्दा यसले द्वन्द्व बढाउने बताएका हुन् ।

“एक सदनका सांसदले गरेको टिप्पणीमा अर्को सदनले खेद प्रस्ताव पारित गर्नु दु:खद् हो । यसले दुई सदनबीच द्वन्द्व बढाउँछ र लोकतन्त्रलाई कमजोर बनाउँछ,” पन्तले भने ।

पन्तले राष्ट्रिय सभा पाकाहरूको सदन भएको उल्लेख गरे । “राष्ट्रिय सभा वृद्धाश्रम होइन । हाउस अफ एल्डर्स अर्थात् पाकाहरूको सदन हो,” उनले भने ।

पन्तले सांसदहरूले पनि सदनको सम्मान गर्दै आफ्ना असहमतिलाई मर्यादित भाषामा प्रकट गर्नुपर्ने उल्लेख गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाले अध्ययनविनै अघि बढाएको भन्दै राष्ट्रियसभा वृद्धाश्रम रहेको टिप्पणी गरेका थिए । उक्त भनाइप्रति राष्ट्रिय सभाले आइतबारको बैठकमा खेद प्रस्ताव पारित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved