पाकिस्तानमा सैन्य कारबाहीबाट १५ विद्रोही मारिए, चार सैनिकले ज्यान गुमाए

नेपालभ्युज

पाकिस्तानमा सैन्य कारबाहीबाट १५ विद्रोही मारिए, चार सैनिकले ज्यान गुमाए
फाइल तस्वीर

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र १५ विद्रोही मारिएको त्यहाँको सेनाले शनिबार जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले सुरक्षा बलहरूले केपीको डेरा इस्माइल खान र उत्तरी वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

डेरा इस्माइल खान जिल्लामा सुरक्षा बल र आतङ्ककारीहरू बीचको भिडन्तमा नौ विद्रोही मारिएको विज्ञप्तिमा उल्लेख छ ।

आईएसपीआरले उत्तरी वजिरिस्तानमा ६ विद्रोही मारिएको बताएको छ । साथै, सेना र विद्रोहीबीचको भिडन्तमा चार पाकिस्तानी सैनिकहरूले पनि ज्यान गुमाएका छन् ।

यस क्षेत्रमा अन्य विद्रोहीहरूको उपस्थितिलाई समाप्त गर्न अपरेसन चलिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved