तीन दिन अझै भारी वर्षा हुन सक्ने

नेपालभ्युज

तीन दिन अझै भारी वर्षा हुन सक्ने

काठमाडौं । आगामी तीन दिनसम्म देशभरका विभिन्न स्थानमा मेघ गर्जसहित भारी वर्षा हुने भएको छ।

जल तथा माैसम विज्ञान विभागले जनाएअनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

त्यस्तै लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै आज राति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थान भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। अन्य स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

त्यस्तै भोलि (शुक्रबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको पनि विभाले जनाएको छ।

असोज २ गते शनिबार पनि देशभर आंशिक बदली हुने विभागले निकालेको सूचनामा जनाइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved