सिरी ‘ए’को उपाधि भिडन्तमा नापोली र इन्टर मिलानबीच रोचक प्रतिस्पर्धा

नेपालभ्युज

सिरी ‘ए’को उपाधि भिडन्तमा नापोली र इन्टर मिलानबीच रोचक प्रतिस्पर्धा

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको नापोली र इन्टर मिलानबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

यी दुई टोलीबीच अब एक अङ्कको मात्र दूरी कायम छ । मङ्गलबार बिहान फियोरेन्टिनाविरुद्ध २–१ गोलअन्तरको रोमाञ्चक जित दर्ता गर्दै दोस्रो स्थानको इन्टरले नापोलीसँग दूरी घटाएको हो ।

सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन मार्को अर्नाउटोभिचले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । फियोरेन्टिनाका लागि रोलान्डो मन्ड्रागोराले गोल फर्काए ।

खेलको २८औं मिनेटमा मारिन पोन्ग्रासिचबाट आत्मघाती गोल हुन पुग्दा इन्टरले अग्रता लिएको थियो । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा मान्ड्रागोराले पेनाल्टीमार्फत गोल गर्दै फियोरेन्टिनालाई बराबरीमा ल्याए ।

अर्नाउटोभिचले ५२औं मिनेटमा गोल गर्दै इन्टरलाई २–१ ले अगाडि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टरले स्पष्ट तीन अंक जोडेको हो ।

जितसँगै दोस्रो स्थानको साविक विजेता इन्टरले २४ खेलमा ५४ अङ्क जोडेको छ । शीर्ष स्थानको नापोलीको समान खेलबाट ५५ अङ्क छ ।

तेस्रो स्थानको एट्लान्टाको ५० तथा चौथो स्थानमा रहेको लाजियोले ४५ अङ्क जोडेको छ ।

सिरी ‘ए’को सर्वाधिक विजेता युभेन्ट्स लिगको पाँचौं स्थानमा छ । उसले ४३ अङ्क जाडेको छ । पराजित फियोरेन्टिना समान खेलबाट ४२ अंकका साथ छैटौं स्थानमा छ ।

हालसम्म इन्टरले २० वटा सिरी ‘ए’को उपाधि जितेको छ । शीर्ष स्थानको नापोलीको नाममा भने तीनवटा मात्र उपाधि जितेको छ ।

फियोरेन्टिना पनि दुईपटकको उपाधि विजेता हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved