पाकिस्तानमा सैन्य कारबाहीबाट पाँच विद्रोही मारिए

नेपालभ्युज

पाकिस्तानमा सैन्य कारबाहीबाट पाँच विद्रोही मारिए
फाइल तस्वीर

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीका क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रहरी काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले सोमबार जनाएको छ ।

सीटीडीका कर्मचारीहरूले यस क्षेत्रमा आतङ्ककारीहरूको उपस्थितिको सूचनाको आधारमा प्रान्तको करक जिल्लामा गुप्तचरमा आधारित अपरेसन सञ्चालन गरेका थिए ।

मारिएका विद्रोही प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तानका थिए । सुरक्षा बलहरूले उक्त क्षेत्रमा आतङ्कवादविरुद्ध आफ्नो प्रयासलाई तीव्र पारेका छन् । शान्ति र स्थिरता सुनिश्चित गर्न सैन्य अपरेशनहरू जारी छन् ।

सीटीडीले विद्रोहीहरू लुकेको ठाउँबाट ठूलो मात्रामा हातहतियार र गोलाबारुद पनि बरामद गरेको छ ।

विद्रोहीका सहयोगीलाई पक्राउ गर्न आसपासका क्षेत्रमा खोजी अभियान पनि चलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved