भारतमा विभिन्न घटनामा ११ जनाको मृत्यु

नेपालभ्युज

भारतमा विभिन्न घटनामा ११ जनाको मृत्यु

एजेन्सी । भारतका दुई फरक स्थानमा भएका छुट्टाछुट्टै घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय प्रहरीले आइतबार जानकारी दिएको छ ।

मध्य राज्य छत्तीसगढका एक प्रहरी अधिकारीका अनुसार विगत केही दिनमा सात जनाको मृत्यु भएको छ । यी मृत्युहरू राज्यको बिलासपुर जिल्लाको एउटा गाउँबाट रिपोर्ट गरिएको थियो ।

मृतक सबै ३५ देखि ६० वर्षका उमेरका थिए । केही स्थानीयले केही दिनअघि सामुदायिक भोज खाँदा पेटमा सङ्क्रमण भएको विश्वास गरेका थिए भने कतिपयले नक्कली मदिरा सेवन गरेका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय अधिकारीहरूले मृत्युको कारण अनुसन्धान गरिरहेका थिए ।

अर्को घटनामा, भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बालुवाले भरिएको ट्रक पल्टिँदा चार जनाको मृत्यु भएको छ । घटना राज्यको बनासकांठा जिल्लाको थाराद राष्ट्रिय राजमार्गमा भएको हो ।

मृत्यु हुनेमा एक बालक र सडक निर्माण गर्ने तीन जना मजदुर रहेका छन् । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved