दार्चुलामा भारतको सहयोगमा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन

नेपालभ्युज

दार्चुलामा भारतको सहयोगमा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकामा भारत सरकारको सहयोगमा निर्मित इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत २ करोड ५३ लाख ६० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रुपमा शनिबार भवनको उद्घाटन गरेको दूतावासले जनाएको छ । कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरुको उपस्थिति थियो।

भारत सरकारको अनुदान सहयोगमा निर्मित भवनमा स्वास्थ्य चौकी र अन्य सम्बन्धित सुविधाहरु रहेका छन्। उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) अन्तर्गत निर्माण गरिएको यो परियोजना नौगाड गाउँपालिका मार्फत कार्यान्वयन भएको हो।

गाउँपालिका अध्यक्ष धामीले नेपालको विकासमा भारत सरकारले निरन्तर सहयोग गरेकोमा प्रशंसा व्यक्त गरे। उनले दुर्गम क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा पुर्‍याउन यो भवन महत्वपूर्ण हुने बताए। भवनले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य सेवामा सुधार ल्याउने र समग्र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। परियोजनाबाट १५ हजारभन्दा बढी स्थानीय लाभान्वित हुने अनुमान छ।

भारत र नेपालबीचको बहुक्षेत्रीय सहकार्यलाई उजागर गर्दै काउन्सिलर सिंहले उच्च प्रभाव सामुदायिक विकास परियोजनाले नेपाली जनताको उत्थान र पूर्वाधार विकासमा भारत सरकारको सहयोग रहने प्रतिबद्धता दोहोर्‍याएको दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved