दिल्ली चुनाव : २१ सिटको अन्तिम नतिजा सार्वजनिक

नेपालभ्युज

दिल्ली चुनाव : २१ सिटको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतपरिणाम सार्वजनिक हुन थालेको छ ।

निर्वाचन आयोगकाअनुसार अहिलेसम्म २१ सिटको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जसमा भारतीय जनता पार्टीले ११ र आम आदमी पार्टीले १० सिट जितेको छ ।

पछिल्लो अपडेटअनुसार भाजपा ३७ र आप १२ सिटमा अग्रस्थानमा रहेको छ । दिल्लीमा ७० विधानसभा सिट छ र कुनै पनि दललाई सरकार बनाउन ३६ सिट चाहिन्छ ।

पूर्व मुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पराजित भएका छन् । उनी भाजपाका प्रवेश वर्मासँग पराजित भएका हुन् ।

यस्तै, पूर्व उपमुख्यमन्त्री तथा आम आदमी पार्टीका चर्चित नेता मनीष सिसोदिया पराजित भएका छन् । सिसोदिया भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved