तीन दिन बढेको सुनको मूल्य आज घट्यो

नेपालभ्युज

तीन दिन बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । नेपाली बजारमा लगातार तीन दिन बढेको सुनको मूल्य शुक्रबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको हो ।

सुन आज तो‍लाको १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलामा १६ सय, बुधबार २२ सय र मङ्गलबार १९ सय रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी तोलामा ५ रूपैयाँले बढेर १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved