कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट : ११ घाइतेमध्ये २ जनाको अवस्था गम्भीर

नेपालभ्युज

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट : ११ घाइतेमध्ये २ जनाको अवस्था गम्भीर
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते ११ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए ।

घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूलाई सुरुमा नजिकैको हिमाल अस्पताल लगिएको थियो । थप उपचार गर्न जरुरी भएपछि सबैलाई कीर्तिपुर लगिएको हो ।

घाइतहरू परिचय खुलाइएको छैन । यद्यपि उनीहरू सबै मःम पसलमा काम गर्ने मजदुर रहेको बताइएको छ ।

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved