ताइवानी अभिनेत्री बार्बी शूको निधन

नेपालभ्युज

ताइवानी अभिनेत्री बार्बी शूको निधन

काठमाडौं । ताइवानकी अभिनेत्री बार्बी शूको निमोनियाका कारण निधन भएको छ ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार बार्बी जापानको यात्राका क्रममा बिरामी भएकी थिइन् । बार्बीकी बहिनी डी शूले ताइवानको टिभी च्यानल टिभिबीएस न्यूजमा उनको मृत्युको पुष्टि गरेकी छिन् ।

बार्बी ताइवानबाहेक फिलिपिन्स, थाइल्याण्ड र इन्डोनेसियामा पनि धेरै चर्चित थिइन् ।

बार्बीकी बहिनीका प्रबन्धकले भनेका छन्, “हाम्रो परिवार चन्द्र नयाँ वर्षको अवसरमा बिदा मनाउन जापान गएको थियो । दुर्भाग्यवश निमोनिया भएपछि बार्बीले हामीलाई छोडेर गइन् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved