काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करको विषयमा क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले आइतबार क्यानडा, चीन र मेक्सिकोमा कर लगाउने घोषणा गरेका थिए ।
ट्रम्पले भने, “सोमबार मेक्सिको र क्यानडाका नेताहरूसँग करका बारेमा कुरा गर्नेछु । अमेरिकाले क्यानडा र मेक्सिकोमा लगाएको शुल्क मङ्गलबार रातिदेखि लागू हुँदैछ ।”
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाउमले प्रतिक्रियास्वरूप अमेरिकामा कर लगाउने घोषणा गरेका छन् ।
ट्रुडोले भनेका थिए, “डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा क्यानडाले पनि कर लगाउनेछ । हाम्रो सरकारले १५५ बिलियन डलरको अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत शुल्क लगाउनेछ ।”
यस्तै मेक्सिकोका राष्ट्रपतिले भनेकी छन्, “हामी अमेरिकाविरुद्ध पनि प्रतिशोधात्मक कारबाही गर्नेछौँ, जसमा कर पनि समावेश छ ।”
Facebook Comment
Comment