कोभिडविरुद्ध खोपको मौज्दात पठाउन सबै प्रदेश र स्थानीय तहलाई मन्त्रालयको निर्देशन

नेपालभ्युज

कोभिडविरुद्ध खोपको मौज्दात पठाउन सबै प्रदेश र स्थानीय तहलाई मन्त्रालयको निर्देशन

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्याले मौज्दात कोरोनाविरुद्ध खोप मन्त्रालयको DHIS- 2 प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरेको छ।

२४ लाख खोप हराएको भनी पछिल्लो समय सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि यसबारे स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्पष्टीकरण दिइसकेका छन्। सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार खोप अभिलेख सम्बन्धमा छानबिन समिति बनाएको थियो। उक्त समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।

स्वास्थ्य सेवाअन्तर्गत व्यवस्थापन महाशाखाले सातै प्रदेश र सबै स्थानीय तहलाई खोपको मौज्दात २१ माघ २०७८ को दिउँसो ३ देखि ४ गतेभित्र पठाउन निर्देशन दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved