ठमेलमा आगलागी, ६५ लाखको क्षति

नेपालभ्युज

ठमेलमा आगलागी, ६५ लाखको क्षति
सांकेतिक तस्वीर।

काठमाडौं । स्थानीय ठमेलको एक घरमा शनिबार बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved