अनेरास्ववियूको नयाँ नेतृत्व चुनावबाट छानिनु ऐतिहासिक परिघटना : जनार्दन शर्मा

नेपालभ्युज

अनेरास्ववियूको नयाँ नेतृत्व चुनावबाट छानिनु ऐतिहासिक परिघटना : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले ‘प्रत्यक्ष प्रतिस्पर्धा मार्फत नयाँ नेतृत्व निर्वाचित हुनु ऐतिहासिक परिघटना भएको बताएका छन् ।

अनेरास्ववियू क्रान्तिकारीको मतपरिणाम सार्वजनिक भएपछि पछि उपमहासचिव शर्माले बुधबार साँझ सामाजिक सञ्जालमा एक स्ट्याटस सेयर गर्दै यस्तो बताएका हुन् ।

मतपरिणाम सार्वजनिक भएलगत्तै शर्माले अनेरास्ववियूको नयाँ नेतृत्व निर्वाचनबाट चयन हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष भएको बताए।

फेसबुकमा उनले लेखेका छन्, ‘निर्वाचन प्रति नकारात्मक सोच बनाउनुको सट्टा स्वस्थ, स्वच्छ र निष्पक्ष रुपले प्रतिस्पर्धा गराउन सक्षम निर्वाचन आयोग सोही अनुरुपको सहजकर्ता, व्यवस्थापन, दबाब मुक्त रुपमा कार्य सम्पादन गर्ने वातावरण तयार पार्न ध्यान दिनुपर्छ। प्रतिस्पर्धामा उत्साह पूर्वक सहभागी निर्वाचन परिणामलाई सहज स्वीकार गर्ने सबै प्रत्यासीहरुको प्रसंशा सहित हार्दिक धन्यवाद।’

उनले  ‘प्रतिनिधिहरूलाई निर्देशित जनवादको सट्टा स्वविवेक प्रयोग गर्ने अधिकारको सुनिश्चिता गर्न जरुरी’ रहेको बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved