पाथीभरा घटना : घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने

नेपालभ्युज

पाथीभरा घटना : घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा  घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले यस्तो  निर्णय गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।

यस्तै बैठकले वार्ता समिति गठन गर्ने र बुधबार संस्कृति, पर्यटन तथा उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्ने निर्णय भएको पनि ती सांसदले बताए ।

बैठकमा गृहमन्त्री रमेश लेखक, ताप्लेजुङका सांसद योगेश भट्टराई र उर्मिला थेवे, इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही लगायतको सहभागी थियो ।

घटनाको पछिल्लो अवस्थाबारे प्रहरी महानिरीक्षक कुँवरले ब्रिफिङ गरेको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved