कङ्गोको गोमा सहरमाथि विद्रोहीको कब्जा

नेपालभ्युज

कङ्गोको गोमा सहरमाथि विद्रोहीको कब्जा

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको दक्षिणमा अवस्थित गोमा सहर विद्रोहीले कब्जा गरेका छन् ।

स्थानीयले जारी गरेको भिडिओमा एम ट्वान्टीथ्री विद्रोहीले गोमा सहरको मुख्य सडकमा गस्ती गरिरहेको देख्न सकिन्छ ।

कङ्गोली सेनामाथि कब्जा जमाएर १० हजारभन्दा बढी मानिस नजिकका सहरमा पलायन भएको बीबीसीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार लाखौंको जनसंख्या भएको गोमा सहरका सडकमा घण्टौं गोलाबारी र विस्फोटपछि साेमबार सन्नाटा छाएको छ ।

रुवान्डाले एम ट्वान्टीथ्री विद्रोहीलाई समर्थन गर्न सीमामा सेना पठाएर युद्ध उक्साएको आरोप कङ्गोका विदेशमन्त्रीले लगाएका छन् ।

यता रुवान्डाले भने आफ्नो देशमा सत्ता परिवर्तन गर्न चाहने सशस्त्र समूहलाई कङ्गोले समर्थन गरेको बताएको छ ।

यसैबीच केन्याले युद्धविरामका लागि आह्वान गरेको छ । कङ्गो र रुवान्डा अर्को दुई दिनमा क्षेत्रीय आपतकालीन शिखर सम्मेलनमा सहभागी हुने केन्याको भनाइ छ ।

केन्याका राष्ट्रपति विलियम रुटो हाल पूर्वी अफ्रिका समुदायका अध्यक्ष छन् । विद्रोही समूह एम ट्वान्टीथ्रीले सन् २०२१ देखि कङ्गोको ठूलो भूभागलाई नियन्त्रणमा लिएकाे छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved