आप्रवासी मुद्दामा ट्रम्पको चेतावनीपछि कोलम्बियाको यू-टर्न

नेपालभ्युज

आप्रवासी मुद्दामा ट्रम्पको चेतावनीपछि कोलम्बियाको यू-टर्न

काठमाडौं । आप्रवासीको मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि कोलम्बिया शर्त स्वीकार गर्न राजी भएको छ ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

ह्वाइट हाउसले एक विज्ञप्तिमा भन्यो, “कोलम्बिया सरकार राष्ट्रपति डोनाल्ड ट्रम्पका सबै शर्तहरू स्वीकार गर्न सहमत भएको छ, जसमा कोलम्बियाका अवैध आप्रवासीहरूलाई अमेरिकी सेनाको विमानबाट फिर्ता पठाइने स्वीकार गर्ने पनि समावेश छ ।”

ह्वाइट हाउसले थप भनेको छ, “यो सम्झौताअन्तर्गत कोलम्बियामा शुल्क र प्रतिबन्ध लगाउने मस्यौदालाई रिजर्भमा राखिनेछ । यदि कोलम्बिया सम्झौताको सम्मान गर्न सफल भएमा हस्ताक्षर गरिनेछैन ।”

यसअघि कोलम्बियाले निर्वासित आप्रवासीहरूले भरिएको अमेरिकी विमानलाई अवतरण गर्न अनुमति दिएको थिएन । कोलम्बियाले आप्रवासी बोकेका विमानहरू सैन्य विमान भएको बताएको थियो ।

कोलम्बियाको यो कदमपछि अमेरिकाले यसमा २५ प्रतिशत कर लगाएको थियो र कोलम्बियाका अधिकारीहरुको भिसा रद्द गर्ने चेतावनी दिएको थियो ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि जवाफमा भनेका थिए, “अमेरिकाले २५ प्रतिशत ट्यारिफ लगाएको प्रतिक्रियामा हामी पनि अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउनेछन् ।”

यसअघि आइतबार कोलम्बियाका राष्ट्रपति पेट्रोले भनेका थिए, “ट्रम्पले नागरिक विमानबाट आफ्ना नागरिक पठाए स्वीकार गर्नेछौँ । उनीहरुलाई अपराधी जस्तै व्यवहार गर्नुहुँदैन । आप्रवासीहरूलाई ‘सम्मान र मर्यादा’का साथ फिर्ता पठाउनुपर्छ ।”

कोलम्बियाले आप्रवासी बोकेको अमेरिकी जहाज अवतरण गर्न नदिएपछि दुई देशबीच तनाव


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved