रवि लामिछानेलाई पत्नी र कानून व्यवसायीको जिम्मा लगाइयो

नेपालभ्युज

रवि लामिछानेलाई पत्नी र कानून व्यवसायीको जिम्मा लगाइयो

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा बहस सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मा लगाइएको छ ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासले भोलि उपस्थित गराउने शर्तमा लामिछानेलाई जिम्मा लगाउन आदेश दिएको सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए । उनको बहस सकिएको छ । अब योगीकै इजलासमा भोलिदेखि थुनछेक बहस हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved