पुनरागमन जितसँगै रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

नेपालभ्युज

पुनरागमन जितसँगै रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं । पुनरागमन जितसँगै साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति लास पल्मासमाथि ४–१ को सानदार जित निकाल्दै सर्वाधिक ३६ पटकको विजेता रियलले अंक तालिकामा एट्लेटिको म्याड्रिडलाई पछाडि पारेको हो ।

केलियन एमबाप्पेको २ गोल गरेपछि रियलको सहज जित सम्भव भयो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पेबाहेक ब्राहिम डियाज र रोड्रिगोले १–१ गोल गरे ।

पाहुना टोलीका लागि फाबियो सिल्भाले सान्त्वना गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने पाल्मासले लिएको थियो । फाबियो सिल्भाले खेल सुरु भएको पहिलो मिनेटमा नै गोल अग्रता दिलाए । तर एमबाप्पेले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ३३औं मिनेटमा डियाजले गोल गरेपछि रियलले अग्रता लियो । त्यसको ३ मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपेर ४–१ को स्थितिमा पुर्याए ।

खेलको ६४औं मिनेटमा बेनिटो डेल टोराले रातो कार्ड खाएपछि पाल्मस १० खेलाडीमा सीमित भयो । यसपछि उ खेलमा फर्कन सकेन ।

जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल एट्लेटिकोलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ ।

यस्तै ३९ अंकका साथ बार्सिलोना तेस्रो स्थानमा छ ।

समान अंक जोडेको एथ्लेटिक क्लब बिल्बाओ चौथो स्थानमा रहँदा २२ अंकसहित पाल्मस १४ औं स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved