अष्ट्रेलियन ओपन टेनिसको उपाधि बार्टीले जितिन्

नेपालभ्युज

अष्ट्रेलियन ओपन टेनिसको उपाधि बार्टीले जितिन्

काठमाडौं। यस वर्षको अस्ट्रेलियन ओपनको महिलातर्फको उपाधि अस्ट्रेलियाकी आस्लेघ बार्टीले जितकी छिन्। अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न फाइनलमा अमेरिकाकी ड्यानियला कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्।

कोलिन्स विरुद्धको खेल बार्टीले ६–३ र ७–६ को सेटमा जितिन्। जितसँगै बार्टी सन् १९७८ पछि अस्ट्रेलियन ओपनको महिला एकलतर्फको उपाधि जित्ने पहिलो अस्ट्रेलियन खेलाडी बनेकी छिन्। १९७८ मा अस्ट्रेलियाकी क्रिस्टिने ओनिलले उपाधि जितेकी थिइन्।

यता, पुरुषतर्फ उपाधिका लागि आज स्पेनका रफायल नाडाल र रुसका ड्यानियल मेद्भेदेभ भिड्दै छन्। नाडाल कीर्तिमानी २१ औँ पटक ग्रान्ड स्लामको उपाधि जित्ने अभियानमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved