काठमाडौं । नेपालले मौरिसससँग पहिलो हाफ बराबरी खेलेको छ। दशरथ रंगशालामा पौने पाँच बजे मैत्रीपूर्ण खेल शुरु भएको हो।
घरेलु मैदानमा उल्लेख्य दर्शकको साथ पाएको नेपालले केही गतिला अवसर पाए पनि गोल गर्न सकेन। शुरुआती अवस्थामा केही राम्रा अवसर नेपालले खेर फालेको छ। मौरिससले पनि केही राम्रा अवसर खेल फाल्यो। मौरिससले करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो।
नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मौरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा शुरुआती-११ घोषणा गरेका थिए।
दशरथ रंगशाला त्रिपुरेश्वरमा हुने खेलमा गोलरक्षक चेम्जोङसँगै अग्रपङ्तिमा विमल घर्तीमगर, अन्जन विष्ट र सुनिल बल छन्। मिडफिल्डमा तेज तामाङ, सुमन लामा र सुरज ठकुरी रहनेछन् भने डिफेन्समा सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ र देवेन्द्र तामाङ छन्।
Facebook Comment
Comment