सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि, छवि र रामबहादुरले बुझाए धरौटी

नेपालभ्युज

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि, छवि र रामबहादुरले बुझाए धरौटी

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रास्वपा सभापति रवि लामिछानेसहित छविलाल जोशी र रामबहादुर खनालले धरौटी बुझाएका छन् ।

लामिछाने, जोशी र खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् । अदालतले लामिछानेसँग ६५ लाख, जोशीसँग ८८ लाख र  खनालसँग १५ लाख धरौटी माग गरेको छ ।

यस्तै लिला  पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेकोमा उनले शुक्रबार बुझाउने बताइएको छ ।

यसअघि अदालतको आदेशलगत्तै  सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर रिहा भएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved