रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित, मनाउन थाले खुसियाली (भिडिओसहित)

नेपालभ्युज

रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित, मनाउन थाले खुसियाली (भिडिओसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि रास्वपाका समर्थकहरू उत्साहित देखिएका छन् ।

अदालतले लामिछानेलाई छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरूले अदालत बाहिर खुसियाली मनाउन थालेका हुन् ।

यतिबेला अदालतबाहिर रास्वपा नेता तथा कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् रास्वपा सांसद मनिष झासमेतले चर्को नाराबाजी गरिरहेका छन् । उनले जय घण्टीको नारा घन्काएका छन् ।

सभापति  लामिछानेलाई बिहीबार अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

सोही प्रकरणमा अदालतले  छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५ / ५ लाख र कृष्ण बहादुर गुरुङसँग एक लाख रुपैंया धरौटी माग गरेको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved