दुई सांसदबीच भनाभन

राजकिशोर यादव – औँला तल राख्नुस्, प्रेम सुवाल – राणाको अवतार नलिनुस् (भिडिओ)

नेपालभ्युज

राजकिशोर यादव – औँला तल राख्नुस्, प्रेम सुवाल – राणाको अवतार नलिनुस् (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच भनाभन भएको छ ।

बिहीबारको बैठकमा उनीहरुबीच भनाभन भएको हो । बैठकमा राजकिशोर निकै आक्रामक रुपमा प्रस्तुत भएको देखिन्छ । उनले सुवाललाई ‘औँला तल राख्नुस्’ भन्दै ठूलो स्वरमा बोलेको सुनिन्छ ।

सुवालले भने बैठक निरङ्कुश ढङ्गले चलाएको आरोप लगाएका छन् । उनले राणाशासन नगर्न चेतावनी दिएका छन् । राणाको अवतार नलिनु भनेका छन् । लगत्तै यादवले बैठक स्थगितको घोषणा गरे ।

नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएपछि भनाभन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved