काठमाडौंका दुई ठाउँमा आगलागी, झण्डै ११ लाख बराबरको धनमाल जलेर नष्ट

नेपालभ्युज

काठमाडौंका दुई ठाउँमा आगलागी, झण्डै ११ लाख बराबरको धनमाल जलेर नष्ट
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा झण्डै ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बूढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ सोमबार राति आगलागी हुँदा करिब ६ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरी दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि विद्युत् चुहावट भई सोमबार राति आगलागी हुँदा करिब चार लाख ६० हजार हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved