भारत सरकारद्वारा निर्मित म्याग्दी बहुमुखी क्याम्पसको भवन हस्तान्तरण

नेपालभ्युज

भारत सरकारद्वारा निर्मित म्याग्दी बहुमुखी क्याम्पसको भवन हस्तान्तरण

काठमाडौं । भारत सरकारको सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पसको भवन हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ७९ लाख ३० हजारमा निर्माण गरिएको उक्त क्याम्पसको भवन तथा छात्रावास हस्तान्तरण गरिएको हो।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र काठमाडौंस्थित भारतीय दूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्तरूपमा क्याम्पस व्यवस्थापन समितिलाई औपचारिकरूपमा हस्तान्तरण गरेका हुन्। कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

भारत सरकारले क्याम्पसको मानविकी भवन, व्यवस्थापन भवन र छात्राका लागि छात्राबास भवन निर्माण गरिदिएको हो । उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको र जिल्ला समन्वय समिति म्याग्दीमार्फत कार्यान्वयन गरिएको भारतीय दूतावासले जानकारी दिएको छ।

सहभागीहरूले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको सराहना गरेका थिए। नवनिर्मित संरचनाले म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरूको उच्च शिक्षा तथा छात्राबास सुविधामा पहुँच दिलाउन मद्दत गर्ने उनीहरूको भनाइ छ।

म्याग्दी बहुमुखी क्याम्पस सन् १९९६ मा स्थापना भएको हो। यस सामुदायिक क्याम्पसले स्नातक तथा स्नातकोत्तर तहका विषयहरु अध्यापन गराउँदै आएको छ। क्याम्पसमा करिब ९५० जना विद्यार्थीहरू अध्ययनरत छन्। जसमा ७० प्रतिशत छात्राहरू छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved