रास्वपाले बनायो संविधान परिमार्जन सुझाव कार्यदल

नेपालभ्युज

रास्वपाले बनायो संविधान परिमार्जन सुझाव कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको छ ।

शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यवाहक प्रवक्ता मनिष झाकाअनुसार कार्यदलका सदस्यमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले छन् ।

कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधान विद्‍सँग छलफल गरेर दलको धारणा तय गर्ने झाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved