छत्तीसगढमा भिडन्त : चार संदिग्ध माओवादी र एक सिपाहीको मृत्यु

नेपालभ्युज

छत्तीसगढमा भिडन्त : चार संदिग्ध माओवादी र एक सिपाहीको मृत्यु
फाइल तस्वीर ।

काठमाडौं । भारतको छत्तीसगढ प्रहरीले माओवादी प्रभावित बस्तरको अबुजमाद क्षेत्रमा भएको भिडन्तमा चार संदिग्ध माओवादी मारिएको दाबी गरेको छ ।

यस भिडन्तमा जिल्ला रिजर्भ गार्डका एक सिपाहीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा आइतबार बिहान पनि खोजी कार्य जारी छ । घटनास्थलमा भेटिएका रगतका दाग र अन्य प्रमाणका आधारमा मारिएका माओवादीको संख्या बढी हुन सक्ने प्रहरीले जनाएको बीबीसीको समाचारमा उल्लेख छ ।

शुक्रबार नै विशेष कार्यबल र जिल्ला रिजर्भ गार्डको टोली बस्तर, कोन्डागाउँ, दन्तेवाडा र नारायणपुर गरी चार जिल्लाबाट माओवादीविरुद्ध अपरेसनका लागि प्रस्थान गरेको बस्तर प्रहरीका एक प्रवक्ताले बताएका छन् ।

प्रहरीका अनुसार शनिबार साँझ अबुझमदको ठूलो क्षेत्रमा माओवादीसँग पहिलो भिडन्त भएको थियो, जुन आइतबार बिहानसम्म जारी रह्यो ।

हालसम्म भिडन्त भएको ठाउँबाट चार संदिग्ध माओवादीको शव फेला परेको प्रहरीले जनाएको छ ।

यसबाहेक घटनास्थलबाट एसएलआर र एके–४७ जस्ता हतियार पनि बरामद भएको छ ।

यस भिडन्तमा जिल्ला रिजर्भ गार्डका हेड कन्स्टेबल सन्नु करमको पनि मृत्यु भएको थियो । उनको शव जिल्ला सदरमुकाम ल्याइएको छ ।

पछिल्लो एक वर्षमा प्रहरीले बस्तरमा २१० भन्दा बढी माओवादी भिडन्तमा मारिएको दाबी गरेको छ । यो पछिल्लो २४ वर्षमा माओवादीसँगको सबैभन्दा ठूलो भिडन्त हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved