कर्णाली प्रदेशसभाको अधिवेशन माघ ८ गतेका लागि आह्वान

नेपालभ्युज

कर्णाली प्रदेशसभाको अधिवेशन माघ ८ गतेका लागि आह्वान

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभाको पाँचौं अधिवेशन माघ ८ गते आह्वान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशन आगामी ७ माघमा आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले मन्त्री शाहले जानकारी दिए ।

”कर्णाली प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भई बैठक सञ्चालन नभएको अवस्थामा सभाको अधिवेशन सुचारु भएर समितिले पूर्णता पाएपछि दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यथाशीघ्र समितिमा छलफल गरी अगाडि बढाउने निर्णय भएको छ,” उनले भने, ”उक्त निर्णय भएसँगै दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालले विगत १८ दिनदेखि गर्दै आएको आन्दोलनसमेत शुक्रबारदेखि स्थगित भएको छ ।”

त्यस्तै, कर्णाली प्रदेश सरकारले कर्णालीको दोस्रो आवधिक योजना स्वीकृत गरेको, स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८१ स्वीकृत गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved