पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा

नेपालभ्युज

पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा
सांकेतिक तस्बीर

काबुल । पाकिस्तानमा जेलमा रहेका ५० जना अफगानी कैदीलाई मुक्त गरी आफ्नो मातृभूमि अफगानिस्तान फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार पूर्वी नान्गारहारको तोरखाम सीमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै उनीहरु बुधबार अफगानिस्तान फर्केका हुन् ।

गत वर्ष अक्टोबरमा ३५ जना अफगानी बन्दीलाई पाकिस्तानी जेलबाट रिहा गरी स्वदेश फर्काइएको पनि मन्त्रालयले जनाएको छ ।

हाल आठ हजारदेखि नौ हजार अफगानी नागरिक विदेशमा जेलमा छन् । तीमध्ये अधिकांश इरान र पाकिस्तानमा रहेको अफगानिस्तानको जेल प्रशासनको सन् २०२४ सेप्टेम्बरको तथ्याकंले देखाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved