भाइरल बालगायक सचिन परियारको निधन

नेपालभ्युज

भाइरल बालगायक सचिन परियारको निधन

काठमाडौं । भाइरल बालगायक सचिन परियारको निधन भएको छ ।

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्य अवस्थामा समस्या आएपछि बुधबार सचिनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो।

भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन् ।

सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडिओ अभिनय गरेका थिए । हास्य टेलीश्रृङ्खला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved