सूर्यदर्शन सहकारी ठगी प्रकरण : थुनछेक बहस सुरु

नेपालभ्युज

सूर्यदर्शन सहकारी ठगी प्रकरण : थुनछेक बहस सुरु

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेकाहरुको बयान सकिएको छ ।

न्यायाधीश नीतिज राईको इजलासमा रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको हो ।

मङ्गलबार साढे १ बजेसम्ममा सबै प्रतिवादीको बयान सकिएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

लगत्तै थुनछेक बहस सुरु भएको छ ।

उनीहरूविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले पुस ५ गते सम्पत्ति शुद्धीकरण र संगठित अपराधको पनि थप अभियोग दर्ता गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved