थाइल्याण्ड : पर्यटक होटलमा आगलागी हुँदा तीन विदेशीको मृत्यु

नेपालभ्युज

थाइल्याण्ड : पर्यटक होटलमा आगलागी हुँदा तीन विदेशीको मृत्यु
प्रतीकात्मक तस्वीर ।

एजेन्सी । थाइल्याण्डको राजधानी बैंककको लोकप्रिय पर्यटकीय क्षेत्रको एक होटलमा आगलागी हुँदा तीन विदेशी पर्यटकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।

खाओ सान रोड नजिकैको एम्बर होटलमा आइतबार राति भएको आगलागीमा परी घाइते भएका एक महिला र दुई पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा अन्य पाँच विदेशी र दुई थाई नागरिक घाइते भएको बैंकक महानगर प्रशासनले सोमबार जनाएको छ ।

बैंककका गभर्नर चाडचार्ट सिटिपन्टका अनुसार अग्निनियन्त्रकहरू सूचना पाएको पाँच मिनेटभित्रै छ तले होटल रहेको घटनास्थलमा पुगेका थिए र तीनवटा क्रेनसहित पुगेका उद्धारकर्मीले करिब ७५ जनालाई उद्धार गरेका थिए ।

आगलागीको कारण खुल्न सकेको छैन । अधिकारीहरूले घटनापछि होटल बन्द गर्न र चेतावनी प्रणालीको अनुसन्धान गर्न आदेश दिएका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved