कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट

नेपालभ्युज

कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले बबरमहलस्थित कान्तिपुर मिट हाउसबाट म्याद नाघेको मासु र ससेज बरामद गरी नष्ट गरेको छ ।

कृषि तथा पशुपंक्षी विभाग र वडाका जनप्रतिनिधिहरूसहितको अनुगमन टोलीले फ्रिजमा राखेको १४ प्याकेट म्याद नागेका ससेज र लगभग ६० केजी बिग्रेको मासु बरामद गरी नष्ट गरेको हो ।

टोलीले पसल सञ्चालकलाई खाद्य स्वच्छतामा ध्यान दिनुपर्ने स्पष्ट निर्देशन दिएको छ ।

साथै, व्यवसाय तत्काल वडा कार्यालयमा गएर नवीकरण गर्ने, महानगरपालिकाको कार्यालयमा लिखित स्पष्टीकरणसहित उपस्थित हुन, बिग्रेको वा म्याद नागेको खाद्य सामग्री बिक्री नगर्न/नगराउन र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको छ ।

अनुगमन टोलीले बिग्रिएको मासु बिक्री गर्दा जनस्वास्थ्यमा गम्भीर असर पर्ने बताउँदै भविष्यमा यस्ता कार्य दोहोर्‍याए कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

कृषि तथा पशुपन्छी विभागले खाद्य सुरक्षाको महत्वलाई ध्यानमा राख्दै उपभोक्ताहरूलाई सचेत रहन र कुनै समस्या भए महानगरपालिकाको कल सेन्टर निःशुल्क नम्बर ११८० मा सम्पर्क गर्न आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved