सामान्य अङ्कले बढ्यो सेयर बजार 

नेपालभ्युज

सामान्य अङ्कले बढ्यो सेयर बजार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४ दशमलव १९ अङ्कले बढेर २६३० दशमलव ७१ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१० कम्पनीका ६१ हजार ८३९ पटकको कारोबारमा २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँ रहेको छ ।

आज ७० कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा अन्य घटेका छन् । आज प्रभु बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved