काठमाडौं । बोर्डर–गावस्कर ट्रफीको चौथो खेलअघि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले खराब फर्मसँग सङ्घर्ष गरिरहेका आफ्ना ब्याट्सम्यानको बचाउ गरेका छन् ।
विराट कोहलीले पछिल्लो तीन खेलमा कुल १२६ रन बनाएका छन्, जसमध्ये एक शतक छ ।
कोहलीको बारेमा सोध्दा रोहितले भने, “आजका महान् ब्याट्सम्यानले आफ्नो बाटो आफैँ बनाउनेछन् ।”
यो सिरिजमा भारतीय टोलीका शीर्ष क्रमका ब्याट्सम्यान यशस्वी जैसवाल, शुभमन गिल र ऋषभ पन्तले ब्याटिङबाट खास प्रदर्शन गर्न सकेका छैनन् ।
जैसवालले पर्थ टेस्टमा १६१ रनको इनिङ्स खेले पनि बाँकी खेलमा राम्रो प्रदर्शन गर्न सकेनन् ।
यी तीन ब्याट्सम्यानमाथि प्रश्न उठेपछि रोहितले आफूलाई यी सबैको क्षमतामा विश्वास रहेको बताए ।
पन्तको बारेमा उनले भने, “उनमा कुनै दबाब छैन । उनी भारतमा राम्रो लयमा थिए र अष्ट्रेलियामा पनि उनको रेकर्ड राम्रो छ । हामीले दुई वा तीन खेलको प्रदर्शनका आधारमा निर्णय लिनुहुँदैन ।”
उनले भने, “गिल, जैसवाल र पन्त सबै एउटै डुङ्गामा छन् । उनीहरूले के गर्न सक्छन् भन्ने थाहा छ । हामीले उनीहरूका लागि थप समस्या सृर्जना गर्नुहुँदैन ।”
जैसवालको बारेमा रोहितले भने, “जैसवाल पहिलो पटक यहाँ आएका छन् । उनले के गर्न सक्छन् भनेर देखाइसकेका छन् । उनीसँग धेरै प्रतिभा छ । जब उनी जस्तो खेलाडी हुन्छ, तपाईंलाई उनको मानसिकताभन्दा बढी चाहिन्छ । उसलाई धेरै राय र सुझाव दिएर आफ्नो ब्याटिङलाई बोझ गर्नु आवश्यक छैन, उनी आफैंलाई आफ्नो ब्याटिङको बारेमा राम्रोसँग थाहा छ र यसरी उनी आफ्नो क्रिकेट खेल्दै छन् ।”
भारतले पर्थमा भएको यस सिरिजको पहिलो खेल २९५ रनले जितेको थियो । तर, टीम इन्डिया एडिलेडमा हार्यो र त्यसपछि ब्रिसबेनमा भएको तेस्रो टेस्ट बराबरीमा परेको थियो ।
Facebook Comment
Comment