फूलचोकी जंगलमा १३ जना बेपत्ता, प्रहरीको खोजी टोली परिचालन

नेपालभ्युज

फूलचोकी जंगलमा १३ जना बेपत्ता, प्रहरीको खोजी टोली परिचालन
सांकेतिक तश्वीर

काठमाडौं । ललितपुरको फूलचोकीको जंगलभित्र १३ जना बेपत्ता छन् ।

सोमबार बेलुकी करिव ५ बजे उपत्यका प्रहरीको कन्ट्रोल रुममा यस्तो सूचना आएको बताइएको छ ।

सूचना आउनासाथ प्रहरीको खोजी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवरत्न पौडेलले जानकारी दिए । पौडेलका अनुसार आफूहरु जंगलभित्र हराएको भनी हराउनेमध्येकै एक व्यक्तिले फोन गरेका थिए ।

प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अस्मिता कपालीको नेतृत्वमा ५ जना र स्थानीय एक जनाको टोलीले खोजी कार्य जारी राखेको ललितपुर प्रहरीले जनाएको छ ।

फुलचोकी डाँडामा घना जंगल भएका कारण वर्षेनी मानिस हराउने गर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved