काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सभापति रवि लामिछानेलाई सांसद पद निलम्बन गर्न नमिल्ने जिकिर गरेका छन् ।
सभामुख देवराज घिमिरेसँगको भेटमा उनले यस्तो जिकिर गरेका हुन् ।
सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बन प्रक्रिया अघि बढेपछि सोमबार रास्वपा सांसदले सिंहदरबार पुगेर सभामुखलाई भेटेका थिए ।
भेटमा परियारले भनेका थिए, ‘मुद्दा दायर हुँदैमा सभापतिलाई सांसदबाट निलम्बन गर्न मिल्दैन । यो गरिए कानूनको बर्खिलाप हुनेछ ।’
जवाफमा सभामुखले कानुनअनुसार निर्णय गर्ने बताएका थिए । भेटमा सांसद गणेश पराजुली र सोबिता गौतम पनि सहभागी थिए ।
रास्वपाका सभापति रहेका रविमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा ३ वटा मुद्दा दायर गरेको थियो ।
Facebook Comment
Comment