महोत्तरीमा घरधनीको हत्या गरी लाखौँको सरसामान लुटपाट

नेपालभ्युज

महोत्तरीमा घरधनीको हत्या गरी लाखौँको सरसामान लुटपाट

जनकपुरधाम । महोत्तरीमा एक व्यक्तिको हत्या गरी लाखौँको लुटपाट भएको छ ।

मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा शनिबार बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारकाअनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर नीज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन् ।

सातरआठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी झाको हत्या गरेको र घरबाट सुनको मंगलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।

झाकी पत्नी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अन्य के कति सरसामान लुटपाट भएको छ भन्ने बारेमा घटनास्थलमा पुगेर खोजबिन गर्दै गरेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved