काठमाडौंमा घरभित्रै मृत भेटिए दम्पती

नेपालभ्युज

काठमाडौंमा घरभित्रै मृत भेटिए दम्पती
सांकेतिक तस्वीर।

काठमाडौं। काठमाडौंमा घरभित्रै एक दम्पती मृत भेटिएका छन्। बिहीबार बिहान शंखरापुर ३ बोझेनीका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी पत्नी ४५ वर्षीय फुलमाया थिङ मृत भेटिएका हुन्।

चिसोका कारण बुधबार राति उनीहरू कोइला बालेर सुतेका थिए। कोइलाका कारण निस्सासिएर मृत्यु भएको हुन सक्ने साँखु प्रहरीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।

प्रहरी घटनास्थलतर्फ गइरहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved