मुम्बईको तटमा डुङ्गा दुर्घटना : तीन नौसैनिकसहित १३ जनाको मृत्यु

नेपालभ्युज

मुम्बईको तटमा डुङ्गा दुर्घटना : तीन नौसैनिकसहित १३ जनाको मृत्यु

काठमाडौं । भारतको मुम्बईस्थित गेटवे अफ इन्डिया क्षेत्रबाट गइरहेको यात्रुबाहक डुङ्गा एलिफेन्टा टापुमा पल्टिँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

ज्यान गुमाउने तीनजना भारतीय नौसैनिक पनि रहेका छन् ।

यस दुर्घटनामा १३ जनाको मृत्यु भएको मुख्यमन्त्री देवेन्द्र फडणवीसले मिडियालाई जानकारी दिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

‘नीलकमल नामको यात्रुवाहक डुङ्गा दिउँसो ३ः५५ बजे ठोक्किएर दुर्घटना भएको हो । १०१ जनाको उद्धार गरिएको छ । १३ जनाको मृत्यु भएको छ । यसमा तीनजना नौसैनिकको पनि मृत्यु भएको छ,’ उनले ‘जसको नौसेना अस्पतालमा उपचार भइरहेको छ ।’

गृहमन्त्री फडणवीसले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई मुख्यमन्त्री राहत कोषबाट पाँच/पाँच लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

स्पीडबोटसँग फेरी ठक्कर खाँदा यो दुर्घटना भएको हो । डुङ्गामा ८० भन्दा बढी यात्रु सवार थिए । दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेको छ । भारतीय नौसेना, कोस्ट गार्ड, प्रहरी र स्थानीय माझीहरू उद्धार कार्यमा जुटेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved